नेपालले आईसीसी विश्व लिग क्रिकेट खेल्न पाउने
नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को बुधबार बसेको बोर्ड बैठकले नेपाल र केन्यालाई वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न दिन निर्णय गरेको हो।
हालै नामिबियामा आयोजित आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कारण आइसिसीले नेपाल र केन्यालाई लिग च्याम्पियनसिप खेल्ने दिने निर्णय गरेको हो। डिभिजन दुईमा नेपाल चौथो र केन्या तेस्रो भएका थिए।


0 टिप्पणियाँ
Write Down Your Responses