राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई ३० प्रतिशत सेयर निस्ष्कासन गर्ने

राष्ट्रिय वाणिज्य बैंक (रावाबैं) ले सर्वसाधारणलाई ३० प्रतिशत सेयर निस्ष्कासन गर्ने भएको छ। चालु आर्थिक वर्षभित्रै बैंकले सेयर जारी गर्ने योजना बनाएको छ।
सेयर जारी गर्नका लागि सरकारलाई अनुमति मागिएको र प्रक्रिया सुरु भएको बैंकले आइतबार एक कार्यक्रममा जानकारी दिएको हो। हालको पुँजीलाई ७० प्रतिशत मानेर थप ३० प्रतिशत बराबरको सेयर जारी गर्ने तयारी हो। 'रणनीति साझेदार ल्याएर भन्दा सर्वसाधारणलाई सेयर जारी गरेर बैंकलाई दीर्घकालीन फाइदा पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा सञ्चालन भइरहेको छ। सबै बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने व्यवस्था भए पनि रावाबैंकले गरेको थिएन। यसले सेयर निष्कासनपछि सरकारी स्वामित्व मात्र रहेको वित्तीय संस्था नरहने भएका छन्।
सञ्चालनको ५० वर्ष पूरा हुन लागेको राष्ट्रिय वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात केही समयअघि तोकेको मापदण्डमा पुगेको छ। कुनै समय ३३ प्रतिशतसम्मले नकारात्मक भएको यो पुँजी पछिल्लो समय १० दशमलव ०५ मा पुगेको हो। यस्तै ६० प्रतिशतसम्म पुगेको खराब कर्जा पछिल्लो समय ४ प्रतिशतको हाराहारीमा छ।

0 टिप्पणियाँ

Write Down Your Responses