१६ वर्षीया अनुष्का थापा बनिन् मिस टिन कलेज
‘टिभिएस जुपिटर मिस टिन कलेज'को उपाधि १६ वर्षीया अनुष्का थापाले हासिल गरिन्। बुधबार साँझ राजधानीको प्रज्ञा भवनमा भएको दोस्रो मिस टिन कलेजमा २१ प्रतियोगीलाई उछिन्दै उनले ताज जितेकी हुन्। चाँदबार स्कुलमा ११ कक्षामा पढ्दै गरेकी उनले ‘बेस्ट ड्रेस'को उपाधि र टिभिएस जुपिटर स्कुटर प्राप्त गरिन्।
सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा ‘फस्ट रनर अप' १७ वर्षीया रिजु जोशी भइन्। क्याम्पियन कलेजमा ११ कक्षामा अध्ययनरत् जोशीले उपाधिसँगै विभिन्न उपहार पनि प्राप्त गरिन्।
सेकेन्ड रनरअपको उपाधि १९ वर्षीया प्रिया श्रेष्ठलेे हासिल गरिन्। उनले ‘भ्युयर्स च्वाइस' उपाधिसँगै मिस ट्यालेन्टको अर्को उपाधि पनि जितिन्।
प्रतियोगितामा ‘ब्युटिफुल आइज'को उपाधि सुजना रानाभाटलाई प्राप्त भयो भने ‘फेसबुक मल्टिमिडिया'को दौडमा निकिता श्रेष्ठ उत्कृष्ट ठहरिन्। सुष्मा विष्टले ‘अर्गनाइजर्स् च्वाईस अवार्ड', स्मारिका थापाले ‘मिस पपुलर', सुनु तामाङले ‘मिस डिसिप्लेन' र छिरिङडोल्मा पाखि्रनले ‘मिस फ्रेन्डसिप' उपाधि पाइन्।
‘बेस्ट वाक' उपाधिमा सुनिता श्रेष्ठ, ‘मिस स्माइल'मा निशा आचार्य, ‘मिस फोटोजेनिक'मा एञ्जिला राना र ‘मिस पर्सनालिटी'मा सुष्मा विष्ट उत्कृष्ट भए।
कलेजका विद्यार्थी किशोरीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिको लागि सिजन मिडियाले गत वर्ष मिस टिन कलेज सुरु गरेको आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तले बताए। रोजिन शाक्यको कोरियोग्राफी रहेको कार्यक्रममा विभिन्न कलाकारले नृत्य तथा गीत प्रस्तुत गरेका थिए।
निर्णायकमा आकाश अधिकारी, गणेश पाण्डे, राजेन्द्रप्रसाद कोइराला, शुभेच्छा खड्का, प्रज्ञा लामिछाने र नवीनमान श्रेष्ठ थिए।
स्रोत:नागरिक न्युज


0 टिप्पणियाँ
Write Down Your Responses