एमाओवादीलाई २ देखि १० अर्ब रुपैयाँ दिए संविधानसभा खुल्ने दाबी

काठमाडौं, माघ १७–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभामा सभाध्यक्षले प्रक्रिया थालेपछि त्यसलाई नसच्चाएसम्म कुनै पनि वार्ता र संवादमा नआउने बताएको एमाओवादीले संविधानका लागि नभएर पैसाका लागि संविधानसभामा अवरोध गरेको गम्भीर आरोप लगाएका छन् ।उनले एमाओवादीलाई २ देखि १० अर्ब रुपैयाँ दिए संविधानसभा खुल्ने दाबी समेत गरे ।
एमाओवादीले संविधान निर्माणका लागि नभएर पैसाका लागि खोँचे थापिरहेको छ’ शनिबार पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित एक कार्यक्रममा ओलीले  भने,‘माओवादीलाई २ देखि १० अर्ब दियो भने संविधानसभाको अवरोध तत्काल खुल्छ ।’ ओलीले विगतमा व्यवस्थापिका संसद्मा एमाओवादीले अवरोध पुुर्याउँदा यसरी नै पैसा दिएर मिलाइएको दाबी समेत गरे । तर,उनले उतिबेला अवरोध खुलाउन कुन स्रोतबाट रकम जुटाइएको थियो भन्ने बारेमा भने केही पनि बताएनन् । ओलीले संविधानसभा बाहिरको एमाओवादी उफ्राई नौटंकी भएको दाबी गर्दै अगाडि भने,‘ पहिले व्यवस्थापिका संसद् अवरुद्द हुँदा २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुलेको थियो,अहिले पनि ५ देखि १० अर्ब दिने हो भने खुल्छ । माओवादीले तत्काल उफ्रन्न बन्द हुन्छ ।
                                   
 साभार: रातोपाटी

0 टिप्पणियाँ

Write Down Your Responses