हिन्दू राष्ट्रको माग बहुमतद्वारा अस्वीकृतपछि २ वटा चर्चमा बम पड्काइएको छ

भाद्र २९, २०७२- धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग संविधानसभाको बहुमतले अस्वीकृत गरे पछि दमक झापाको २ वटा चर्चमा  सोमबार राति बम पड्काइएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार राति साढे ११ बजेतिर दमक-१० स्थित ज्योति  चर्चमा बम पड्काइएको हो ।
एउटा बम गेटमा र अर्को भवनको छेउमा पड्काइएको डिएसपि इश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बमले झ्यालका सिसाहरु फुटेका छन् ।
यसैगरी खजुरगाछि-९ मा इण्डाइनियल वेष्ठल्याडमा पनि राति बम पड्काइएको छ । घटनास्थलमा हिन्दु मोर्चा नेपालका पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।, 

0 टिप्पणियाँ

Write Down Your Responses