बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले मंच भत्काइदिएका छन्।
काठमाडौं : बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम विथोलिएको छ। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच भत्काइदिएका छन्।
कार्यक्रमका अगुवा रामचन्द्र झामाथि हातपात भएको छ र उनलाई मंचबाट हटाइएको छ। अहिले तनावपूर्ण अवस्था छ। प्रभु शाह पनि कार्यक्रमस्थलबाट बाहिर निस्केका छन्। दिउँसो १ बजेदेखि कार्यक्रम राखिएको थियो । बाबुरामको विरोधमा उत्रेका मधेसी युवाहरुले कार्यक्रम स्थलमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् ।


0 टिप्पणियाँ
Write Down Your Responses