मधेसमा संविधान जल्यो - ठोस मुद्दाबिहीन आन्दोलन चर्किनुमा भारतीय सहयोग
हिजो ३ असोज आईतबारका दिन घोषणा गरिएको एतिहासिक संविधानलाई देशभरी स्वागत भईरहदा आन्दोलनरत मोर्चाका कार्याकर्ताहरुले आज संविधान जलाएका छन् ।
आफूहरुको सहमति बिना जारी गरिएको र नेपाली कांग्रेस,एमाले र एमाओबादीले बन्दुकको भरमा संविधान जारी गरेको भन्दै कार्याकर्ताहरुले संविधान जलाएका छन् ।
आन्दोलनमा उत्रिएका आन्दोलकारीहरुले संविधान जलाए पछि आयोजित सभामा बोल्दै मधेशी नेताहरुले ‘पहाडिया बाहुनबादीहरु’को पुरानो राज्य सत्ता विरुद्ध निरन्तर संघर्ष गर्ने चेतावनी दिए ।
उनीहरुले माग पूरा नहुदा सम्म आन्दोलन जारी राख्ने समेत बताए भने यता संविधान सभाबाट संविधान जारी भएकोमा असन्तुष्ट बनेको भारतले २४ घन्टा निबित्दै सोमबार दोस्रो विज्ञप्ति जारी गरेर नेपाली राजनीतिमाथि दवाब दिएको छ।
संविधान सभाबाट संविधान जारी हुनुपूर्व उसले प्रक्रिया रोक्न रास्ट्रपति लगायत शीर्ष नेतृत्वमाथि दवाब दिएको थियो। भारतको दबाबलाई वेवास्ता गरि नेपालको जनप्रतिधिमूलक संस्था संविधान सभाबाट अत्यधिक बहुमतले संबिधान पारित भएपछि उसका पछिल्ला दवाबहरुलाई त्यसकै प्रतिशोधको रुपमा हेरिएको छ। मधेसमा ठोस मुद्दाबिहीन अान्दोलन चर्किनुमा भारतीय सहयोग रहेको कतिपयको विश्वास छ। संविधान जारी हुने बित्तिकै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो असन्तुष्टि अप्रत्यक्ष रुपमा जाहेर गरेको थियो । विज्ञप्तिमा उसले ‘नेपालमा संविधान जारी भएको थाहा भएको’ भन्दै घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरेको थियो भने संविधान जारी भएकोमा शुभकामनासमेत दिएको थिएन ।


0 टिप्पणियाँ
Write Down Your Responses