दौरा सुरुवाल अब राष्ट्रिय पोसाक रहेन, राष्ट्रिय झण्डा अहिलेकै जस्तो हुने

भाद्र २८, २०७२- नयाँ संविधानमा नेपालको राष्ट्रिय पोशाक  दौरा सुरुवाल र गुन्यूचोली  नहुने भएको छ । सबै जातजातिका परम्परागत पोशक नै राष्ट्रिय  पोशाक हुनेछन् । नेपालको राष्ट्रिय  झण्डा अहिलेकै जस्तो हुने भएको छ। संविधानको परिमार्जित विधेयकको धारा ८ मा राष्ट्रिय झण्डाको व्याख्या गरिएको छ।

जसअनुसार 'सिम्रिक रंगको भुईँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो मागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय हो,' भन्ने उल्लेख गरिएको छ।

यसैगरी नेपालको राष्ट्रिय फूल लागीगुसाँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे नै हुने भएको छ।

0 टिप्पणियाँ

Write Down Your Responses