अमेरिकी हेलिकोप्टर दुर्घटनाग्रस्त, पलाञ्चोक डाँडामा टुक्रा र शव भेटिए

काठमाडौं : मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा पलाञ्चोक डाँडाको ज‌ंगलमा  शुक्रबार फेला परेको छ । एघार हजार फिट उचाइको उक्त ज‌ंगलमा   हराएको जहाजका केही टुक्रा र तीन शव देखेपछि स्थानीय एक शेर्पाले सेनालाई खबर गरेका थिए। सेनाको हेलिकोप्टर त्यसतर्फ उडिसकेको छ।

उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए।बुधबार र बिहीबार दिनभर आकाश र जमिनमा विशेष अप्रशेन गर्दा पनि विमानको अवस्थाबारे केहीसंकेत फेला परेको थिएन। बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि  पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।

नेपाली सेना, भारतीय वायुसेना र अमेरिकी सेनाका हेलिकोप्टरले पटकपटक दोलखा  र आसपासको क्षेत्रमा परिक्रमा गर्दा पनि अहिलेसम्म हेलिकोप्टरको इमरजेन्सी लोकेटर ट्रान्समिटर इएलटी सिग्नल पनि पत्ता लागेको थिएन ।

तीन दिनसम्म पनि कुनै सिग्नल फेला नपरेपछि हेलिकोप्टर सुरक्षित भेटिने आस अब लगभग सकिएको ब्रिफिङ सर्च अप्रेशनमा सहभागी टोलीले बिहीबार बेलुका दिएको थियो। वैशाख २९ गतेको शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा अमेरिकी सेनाको हेलिकोप्टर सम्पर्कबिहिन भएको थियो ।

0 टिप्पणियाँ

Write Down Your Responses